शुक्लाफाँटा नगरपालिका– १२ मा कुण्डा टोलबाट कालागौँडीसम्म दुई हजार ९०० मिटर र वडा नं ८ वडा कार्यालयबाट दक्षिणतर्फ दुई हजार ९०० मिटर तारजाली जडान हुनेछ।
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाको जंगली जनावर प्रभावित क्षेत्रमा तारजाली जडान शुरू गरिएको छ। ५.८८ किलोमिटर क्षेत्रमा तारजाली जडान हुनलागेको हो।
जंगली जनावर प्रभावित वडाका रूपमा परिचित वडा नं ८ र वडा नं १२ मा तारजाली तारजाली जडान भइरहेको नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख दीपक धामीले बताए। यसका लागि नगरपालिका र सुदूरपश्चिम प्रदेशले आधा–आधा रकम बेहोर्ने गरी लागत साझेदारी गरेका छन्।
प्रदेश सरकारको समपूरक अनुदान ७५ लाख र नगरपालिकाको ७५ लाख गरी १ करोड ५० हजार रुपैयाँमध्ये ९५ लाखमा तारजाली जडानका लागि पशुपति एन्ड भुवनेश्वरी सप्लायर्ससँग ठेक्का सम्झौता भएको शाखा प्रमुख धामीले बताए।
दुवै वडामा गरी हालसम्म ५१ प्रतिशत तारजाली जडान सकिएको छ। वडा नं १२ मा कुण्डा टोलबाट कालागौँडीसम्म दुई हजार ९०० मिटर र वडा नं ८ मा वडा कार्यालयबाट दक्षिणतर्फ गरी दुई हजार ९०० मिटर तारजाली जडान हुने भएको छ। दुई महिनाभित्र तारजाली जडान गरिसक्ने तयारी छ।
“हात्ती, निलगाई, चित्तल, बँदेललगायत जंगली जनावरले खेतबारीमा पसेर लगाएको बालीनाली सबै सखाप पार्दै आएका छन्,” स्थानीय गेंदुराम रानाले भने, “तारजाली जडान कार्यले जंगली जनावरको आतंक रोकिनेमा विश्वस्त छौँ।” वडाध्यक्ष नबलसिंह रानाले हात्तीले यस क्षेत्रमा स्थानीय किसानको बालीनालीमा क्षति पुर्याउनुका साथै मानवीय र भौतिक क्षति प्रत्येक वर्ष निम्त्याउँदै आएकाले त्यसलाई रोक्न तारजाली जडान भइरहेको बताए।
यसले हात्ती नियन्त्रण हुनुका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउका बस्तीमा हिंस्रक बाघ, चितुवालगायत जनावरले किसानले पालेका घरपालुवा जनावरमा पुर्याउँदै आएको क्षति कम गर्नमा सघाउ पुग्ने विश्वास छ। यसअघि जंगली जनावरलाई बस्तीमा छिर्नबाट रोक्नका लागि नगरपालिको ठाउँ–ठाउँमा साइरन जडान गर्नुका साथै उज्यालोका लागि बत्ती जडान गरेको छ। नगरपालिकाको वडा नं ७ र ६ मा विभिन्न दातृ निकायको सहयोगमा तारजाली जडान गरिएको छ। वडा नं ५, ४, ३, २ र १ मा जडानका लागि कार्य अगाडि बढाइने बताइएको छ।
नगरपालिकाको उत्तर, दक्षिण, पश्चिमतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग सिमाना जोडिएको छ। पूर्वतर्फ लालझाडी संरक्षण क्षेत्र र सामुदायिक वनसँग सीमा जोडिएको छ। चारैतिर ठुल्ठूला वनको सीमा जोडिँदा नगरपालिकाका सबै वडा जंगली जनावरबाट प्रभावित हुँदै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
