आर्थिक वर्ष २०८०/०८१ को पहिलो सात मिहनाको तुलनामा यस वर्ष धानको आयात ७२ प्रतिशतले वृद्धि भएको छ।
वीरगन्ज– पर्साको वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ८ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख किलोग्राम धान आयात भएको छ।
गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो। गत आवको सोही अवधिमा यो नाका हुँदै ४ अर्ब ९१ करोड मूल्यको १३ करोड १८ लाख ५९ हजार किलोग्राम धान आयात भएको थियो। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको सात महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताए।
नेपालमा धान मात्र नभएर चामल पनि विदेशी मुलुकबाट आयात हुँदै आइरहेको छ। चालु आवको सात महिनामा यो नाका हुँदै १ अर्ब ३५ करोड मूल्यको १ करोड ३३ लाख ७४ हजार किलोग्राम चामल आयात भएको छ ।
जबकि गत आवको सोही अवधिमा भने १ अर्ब ६ करोड रुपैयाँको ८१ लाख १७ हजार किलोग्राम चामल आयात भएको थियो । चालु आवको सात महिनामा २ अर्ब ९६ करोड मूल्यको पाँच करोड ७७ लाख १४ हजार किलोग्राम मकै आयात भएको छ। गत आवको सोही अवधिमा भने २ अर्ब ९७ करोड मूल्य पर्ने ६ करोड ६० लाख किलोग्राम मकै आयात भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
