केपी ओली कपको उपाधिका लागि मछिन्द्र र आर्मी भिड्ने

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।

काठमाडौँ– केपी ओली कप–२०२५ को उपाधिका लागि डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्। 

फाइनल खेल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ ६ बजे शुरू हुनेछ। पछिल्ला दुई  संस्करणको उपाधि मछिन्द्रले जितेको थियो। 

आयोजक केपी एफसीलाई हराउँदै मच्छिन्द्र फाइनलमा पुगेको हो। यस पटक पनि आफूहरू उपाधिका लागि खेल्ने मछिन्द्रका कप्तान विशाल श्रेष्ठले बताए। प्रिम्याच कन्फ्रेन्समा उनले भने, “लगातार तेस्रो पटक फाइनल खेल्न पाउँदा हामी निकै उत्साहित छौँ। हामी भोलि उपाधिकै लागि खेल्नेछौँ।” 

यस्तै, आर्मी पहिलो सेमिफाइनलमा संकटा क्लबलाई हराउँदै फाइनलमा पुगेको हो। आर्मी पनि उपाधिकै लागि मैदानमा उत्रिने कप्तान जिलेस्पीजंग कार्कीले बताए। “मच्छिन्द्र राम्रो टिम हो। तर हामी उपाधिकै लागि खेल्नेछौँ,” उनले भने। आर्मीका प्रशिक्षक मेघराज केसीले पछिल्लो एक वर्षदेखि टिम बनाउन काम गरिरहेको र अहिले नतिजा दिने बेला भएको बताए। 

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।