सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार यूएसएआईडीको जल जंगल परियोजनाले गैँडा गणनामा आवश्यक सामग्री खरिद गर्ने सहमति भएकामा कार्यक्रम स्थगित भएपछि गणना प्रभावित भएको हो।
चितवन– हरेक पाँच–पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावमा अन्योलमा परेको छ। दाताहरूको भरमा गणना गरिँदै आएकोमा यस वर्ष बजेट अभाव भएको हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जसँग काम गर्ने विभिन्न निकायसँग सहकार्य गरेर गैँडा गणना गर्दै आएको छ। विभागका इकोलोजिस्ट तथा सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार यूएसएआईडीको जल जंगल परियोजनाले गैँडा गणनामा आवश्यक सामग्री खरिद गर्ने सहमति भएकामा कार्यक्रम स्थगित भएपछि गणना प्रभावित भएको हो। परियोजनाले सूचना जारी गरी सामग्रीहरू खरिद प्रक्रियासमेत अघि बढाइसकेको थियो।
निकुञ्जभित्र गणनाका क्रममा आवश्यक जीपीएस उपकरण, ल्यापटप, खाना पकाउने ठूला भाडा, टेन्टलगायतका बन्दोबस्तीका सम्पूर्ण सामग्रीको खर्च सोही परियोजनाले बेहोर्ने सहमति भएको थियो। “परियोजनाले ५० लाख रुपैयाँ बराबरको सामग्री दिने तयारी थियो। गणना सम्पन्न गर्न एक करोड ५० लाख रुपैयाँ हाराहारी बजेट खर्च हुने अनुमान गरिएको छ”, उनले भने।
जल जंगलसँगै विश्व वन्यजन्तु कोष नेपाल, जेडएसएल नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका संघ संस्थासँगको साझेदारीमा गणना गर्ने तयारी गरिएको थियो। उनका अनुसार आगामी चैतभित्रमा गणना गरिसक्ने योजना थियो। चैत ५ गतेदेखि २५ गतेसम्म गणना गरेर वैशाखको पहिलो साता नतिजा सार्वजनिक गर्ने तयारी गरिएको थियो। “चैत महिना कटेपछि गणना गर्न सकिँदैन। कम्तीमा १० दिन पूर्वतयारी गर्नुपर्छ,” उनले भने। अन्तिम समयमा आएर दातृ निकायको कार्यक्रम अन्योलमा परेपछि विभागको गणना कार्यक्रम प्रभावित हुने देखिएको उनले बताए।
विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले दाताको सहयोगको अन्योलले अन्तिम तयारीका बेला गणना प्रभावित बनेको बताए। यस विषयमा मन्त्रालयमा छलफल गरेर बजेट प्राप्त हुन सकेमा काम हुने अन्यथा स्थगन गर्न बाध्य हुने उनको भनाइ छ।
आउँदो वर्ष बाघ गणना गर्नुपर्ने हुन्छ। दुवै कार्य एकै पटक सम्भव नहुने भएकाले यस वर्ष गैँडा गणना गर्न सकेमा अर्को वर्ष बाघ गणना गर्न सहज हुने उनको भनाइ छ।
गैँडाको अनुगमन भइरहेको भए पनि यकिन तथ्यांक र अवस्था पत्ता लगाउन गणना गर्ने गरिन्छ । सन् २०२१ मा गैँडा गणना गरिएको थियो । गणनासँगै कुन क्षेत्रमा कति गैँडा छन् यकिन हुने र व्यवस्थापनमा सहज हुन्छ।
चितवन, पर्सा, बर्दिया र शुक्ला फाँटामा राष्ट्रिय निकुञ्जमा एकसिंगे गैँडा छन्। तीमध्ये सबैभन्दा बढी चितवनमा छन्। सन् २०२१ को गणना अनुसार नेपालमा गैँडाको संख्या ७५२ पुगेको छ। एकसिंगे गैँडाको संख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ।
नेपालमा सन् १९५० मा ८००, सन् १९५५ मा ४००, सन् १९६० मा ३००, सन् १९६५ मा १००, सन् १९७० मा १०८, सन् १९७५ मा १४७, सन् १९८० मा ३१०, सन् १९८५ मा ३१०, सन् १९९० मा ३५८, सन् १९९५ मा गैँडा ४६६ रहेको विभागको तथ्यांक छ। यसैगरी सन् २००० मा ६१२, सन् २००५ मा ४०९, सन् २०१० मा ४३५ र सन् २०१५ मा ६४५ पुगेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
