नेप्से परिसूचकमा ७५ अंकको वृद्धि, १४ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक ७५.२४ अंक अर्थात् २.६७ प्रतिशतले बढेर २८९०.२८ को बिन्दुमा कामय भएको छ।

काठमाडौँ– शेयर बजारमा साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ। आइतबार नेप्से परिसूचक ७५.२४ अंक अर्थात् २.६७ प्रतिशतले बढेर २८९०.२८ को विन्दुमा कामय भएको हो।

यस दिन ३०२ कम्पनीको दुई करोड ९१ लाख ६६ हजार ६५६ कित्ता शेयर एक लाख ३९ हजार ५९६ पटक खरिदबिक्री हुँदा १४ अर्ब २५ करोड चार लाख ७५ हजार ७३६ रुपैयाँको कारोबार भएको छ। यसअघि बिहीबार नौ अर्ब ९० करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

आइतबारको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक १.२७ प्रतिशतले घटेको छ। अरू सबै समूहको उपसूचकमा भने हरियाली छाएको छ। स

बैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह ४.७९, जीवन बीमा समूह ४.३१, होटल तथा पर्यटन ४.२८ र वित्त समूह ४.२८ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ २.५३, विकास बैंक ३.८८, जलविद्युत् १.९८, लगानी ३.०३, लघुवित्त १.३५, निर्जीवन बीमा ३.४१, व्यापार १.०६ र अन्य समूह १.५१ प्रतिशतले बढेको छ ।

हिमालयन डिस्टिलरी लिमिटेड, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको ९७ करोड ५३ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रोको आठ लाख ७३ हजार पाँच सय ७६ कित्ता शेयर किनबेच भएको छ।