बिजुलीको तार सर्ट भई आगलागी हुँदा दुईतले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
सोलुखुम्बु– लिखुपिके गाउँपालिकाको कार्यालय भएको घरमा आगलागी भएको छ। गाउँपालिका–३ काफ्लेचौरस्थित कार्यालय भवनमा आइतबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बिजुलीको तार सर्ट भई आगलागी हुँदा दुईतले घर जलेर नष्ट भएको छ। स्थानीय रुद्रबहादुर खत्रीको ढुंगा, माटो र टिनको छानो भएको सो घरमा गाउँपालिकाको प्राविधिक शाखा, स्टोर र प्रधानमन्त्री रोजगार शाखा रहेका थिए।
प्रहरी चौकी चौलाखर्कबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोली र स्थानीयको सहयोगमा आगो निभाउन सफल भएको घिमिरेले बताए। आगलागी हुँदा ग्यास सिलिन्डरसमेत विस्फोट भएपछि आगो थप फैलिएको उनले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले आगलागीबाट मानवीय क्षति नभएको, तर गाउँपालिकाको सरकारी दस्ताबेज जलेर नष्ट भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
