सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी भेगमा हिमपातको सम्भावना

सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडाैँ– हाल उल्लेखन‍ीय मौसम प्रणालीको कुनै प्रभाव नभएकाले देशभर माैसम सामान्य नै छ। पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

सोमबार दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा नै रहने अनुमान गरिएको छ। राति भने सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

मंगलबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको संभावना पनि रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।