थाइल्यान्डमा नौसेना सवार जहाज समुद्रमा पल्टिँदा ३१ जना बेपत्ता भएका छन् भने ७५ जनाको उद्धार गरिएको छ।
थाइल्यान्डमा नौसेना सवार जहाज समुद्रमा पल्टिँदा ३१ जना बेपत्ता भएका छन्। कूल १०६ जना नौसेना सवार जहाज आइतबार राति साढे ११ बजेतिर समुद्रमा पल्टिएको हो। तीमध्ये ७५ जनाको उद्धार भएकोमा ३ जना गम्भीर घाइते भएको बीबीसीले उल्लेख गरेको छ।
थाइल्यान्डका जलसेनाका प्रवक्ता पोगक्रोङ्ग मोन्थार्डपालिनका अनुसार प्राचुआप खिरी खान प्रान्तस्थित बाङ सफानको ३२ किलोमिटर पूर्वतर्फ गस्ती गरिरहेको एचटीएमएस सुखोथाई जहाज सामुद्रिक आँधीमा फसेको थियो।
बेपत्ताहरूको खोजी जारी नै रहेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको उल्लेख गर्दै जलसेनाका प्रवक्ता पोगक्रोङ्गले भने, “हाम्रो सैन्य बलको इतिहासमै यस खालको दुर्घटना कहिल्यै भएको थिएन। विशेषगरी चल्ती अवस्थाको पानीजहाजमा।”
तीव्र सामुद्रिक लहरका कारण ६० डिग्रीसम्म ढल्किएको जहाजमा पानी भरिएको थियो। त्यसलगत्तै जहाजमा विद्युत् आपूर्ति र मुख्य इन्जिन ठप्प भएको थियो।
उद्धारका लागि तीनवटा नौसैनिक जहाज र हेलिकप्टर खटाइएको स्थानीय सञ्चारमाध्यले उल्लेख गरेका छन्। तत्काल उद्धारको प्रयास भएकाले अधिकांशको सैनिकको ज्यान जोगिएको बताइएको छ। नौसेनाले लाइफ ज्याकेज लगाएका कारण ज्यान जोगिएको बीबीसीले उल्लेख गरेको छ।
घटनाप्रति दुःख व्यक्त गर्दै थाइल्यान्डका प्रधानमन्त्री प्रयात चान ओ–चाले विज्ञप्ति जारी गर्दै सरकार अधिकारीहरूले दुर्घटनाबारे अनुसन्धान थालिसकेको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
