च्याम्पियन्स ट्रफी २०२५ को समूह 'ए'को अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई ४४ रनले पराजित गरेको छ।
काठमाडाैँ– च्याम्पियन्स ट्रफी २०२५ को समूह 'ए'को अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई ४४ रनले पराजित गरेको छ।
दुबईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २४९ रन बनाएको थियो। जवाफमा न्युजिल्यान्डका कप्तान केन विलियमसनले ८१ रनको साहसिक इनिङ्स खेले पनि ४५.३ ओभरमै २०५ रनमा अलआउट भयो।
भारतका लागि स्पिनर वरुण चक्रवर्ती नायक बने। उनले १० ओभरमा ४२ रन खर्चेर ५ विकेट लिए। यो उनको च्याम्पियन्स ट्रफीमा पहिलो खेल थियो, जसमा उनले प्रभावशाली प्रदर्शन गरे। भारतका लागि कुलदीप यादवले २ तथा हार्दिक पाण्ड्या, अक्षर पटेल र रविन्द्र जडेजाले १/१ विकेट लिए।
यो जितपछि भारतको ६ र न्युजिल्यान्डको ४ अंक भएको छ। अन्तिम खेलअगाडि नै दुवै टिम सेमिफाइनलमा पुगिसकेका थिए। यसअघि समूह चरणको खेलमा भारतले पाकिस्तान र बांग्लादेशलाई समान ६ विकेटले हराएको थियो।
दुबईमा मार्च ४ मा भारत र अस्ट्रेलियाबीच पहिलो सेमीफाइनल हुनेछ भने दोस्रो सेमीफाइनलमा मार्च ५ मा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच पाकिस्तानको लाहोरमा हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
