मनकामना मन्दिरको दर्शन गरेर फर्किँदै गरेको ‘अनटेस्ट’ विद्युतीय माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
गोरखा– गोरखामा सोमबार माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
मनकामना मन्दिरको दर्शन गरेर फर्कंदै गरेको ‘अनटेस्ट’ लेखिएको विद्युतीय माइक्रोबस शहीद लखन गाउँपालिका–३, स्थित कान्टारमा सोमबार बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।
दुर्घटना परेर मृत्यु हुनेमा चितवन जिल्ला खैरहनी गाउँपालिका–२, टाँडीपर्सा घर भएका ३७ वर्षीय पदमबहादुर दर्जी रहेको उनले बताए।
दुर्घटनामा घाइते दर्जीको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी सुवेदीले बताए। सोमबार बिहान करिब ११ः२५ बजे कच्ची सडकबाट माइक्रोबस करिब १५ मिटर तल खोँचमा खसेको थियो।
दुर्घटनामा १४ जना घाइते भएका छन्। घाइते हुने सोही ठाउँका ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गीता परियार, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्चिता आले, ३५ वर्षीया प्रमिला राना र ४३ वर्षीया विमला परियार छन्।
अन्य घाइतेमा ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीया अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार रहेको डीएसपी सुवेदीले जानकारी दिए।
घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। घटनाका सम्बन्धमा अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
