पातीहाल्नामा अहिले दैनिक हिउँ खेल्नेहरूको भीड लाग्ने गर्छ। यस क्षेत्रमा रुकुम पूर्वको विभिन्न ठाउँसहित रोल्पा, रुकुम पश्चिम, बागलुङ, दाङ, सल्यानबाट हिउँ खेल्न आउने गरेका छन्।
रुकुम पूर्व– हिउँ कसैको लागि रहर छ भने कसैको लागि कहर बनिदिन्छ। हिउँ हेर्न र खेल्न जानेहरूका लागि रहरको विषय हो तर हिउँसँगै गुजारा गर्नेहरूको पीडा छुट्टै हुन्छ।
लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा वर्षमा एक/दुईपटक अनिवार्य हिउँ परेकै हुन्छ। यस वर्ष पनि गत साता शुक्रबार र शनिबार हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भयो भने तल्लो क्षेत्रमा वर्षा भयो। जिल्लाको सिस्ने, भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाको माथिल्लो क्षेत्रहरू हिमपात भएपछि सेतै भए।
कालापत्थरमा परिणत भइसकेको सिस्ने हिमाल सेताम्य भएको छ भने पुथा हिमाललगायत धौलागिरि रेन्ज पूरै सेताम्य छ। मध्यपहाडी लोकमार्गको लुकुम पातिहाल्ना खण्डको पाँच/सात किलोमिटर दूरीको मोटर यात्रामा हिउँसँग साक्षात्कार हुँदै गर्न सकिन्छ। रुकुम पूर्व–बागलुङ सिमाना पातीहाल्नाबाट उकालो चढेर चौँरी लेक र किलाचन लेकमा पुग्दा त्यहाँबाट देखिने सिस्ने हिमाल, पुथा हिमालको दृश्यसँगै सुन्दर ढोरपाटनको फाटले पर्यटकलाई मन्त्रमुग्ध पार्छन्।
हिउँ परेसँगै आन्तरिक पर्यटक लोभिने गर्दछन्। पातीहाल्नामा अहिले दैनिक हिउँ खेल्नेहरूको भीड लाग्ने गर्छ। यस क्षेत्रमा रुकुम पूर्वको विभिन्न ठाउँसहित रोल्पा, रुकुम पश्चिम, बागलुङ, दाङ, सल्यानबाट हिउँ खेल्न आउने गरेका छन्। कतिपय मानिसहरू पोखरा र बुटवलबाट समेत हिउँ खेल्न पातीहाल्नामा पुगेको होटेल व्यवसायी किस्मत घर्तीले बताए।
हिउँ परेको समयमा हिउँ खेल्न आउने मानिसहरूको जमघटले होटलमा भ्याइनभ्याइ हुने गरेको उहाँले सुनाए। “टाढाबाट आएका मानिसहरू बास बस्न खोज्छन्, होटेल व्यवसायी घर्तीले भने, “यो पातिहाल्नामा दुईवटा कटेज मात्र छन्, पाहुनाहरूलाई बास बसाल्न सकिने अवस्था छैन।” तर हिउँ परेको समयमा आन्तरिक पर्यटकहरूको जमघटले यो क्षेत्रमा रौनकता थप्ने गरेको उनको भनाइ छ।
मध्यपहाडी लोकमार्ग भएर यात्रा गर्ने सबै यात्रुहरूले पातीहाल्नामा एक छिन गाडी रोकेर वरपरको दृश्यलाई नियाल्ने र फोटो ‘क्लिक’ गरेर मात्र आफ्नो यात्रालाई अगाडि बढाउने गरेका छन्।
पातीहाल्नामा हिउँ परेपछि बर्सेनि आफूहरू समूह बनाएर हिउँ खेल्न आउने गरेको रुकुम पश्चिमबाट आएका चन्द्रबहादुर कुँवरले बताए। यसै पनि यो क्षेत्र रमणीय भएको र यहाँबाट अन्य विभिन्न गन्तव्यहरूमा जान सकिने भएको कारण अन्य समयमा पनि आउने गरेको बताउँदै उनले हिउँ परेको समयमा जसरी नि यहाँ पुग्ने गरेको सुनाए।
प्रायः पर्यटक हिउँ खेलेर पातीहाल्नाबाट फर्कने गरेका छन्। केही पर्यटक थप सुन्दर दृश्यलाई नियाल्नका लागि किलाचन र चौँरी लेकसम्म पुग्ने गरेका छन्। चौँरी लेकबाट यतिबेला सिस्ने हिमाल र पुथा हिमालसँगै धौलागिरि रेन्ज र ढोरपाटनको सुन्दर फाँट बडो गजब देखिने गरेको रोल्पाका मिलन मगरले बताए। यो चौँरी क्षेत्र हिउँदमा हिउँको घुम्टो ओढ्दा र बर्खामा आगनभरि रङ्गीविरङ्गी फूलहरू फुल्दा निकै सुन्दर देखिने उनले बताए।
पातीहाल्ना क्षेत्रमा हिउँ नपग्लिँदासम्म हिउँ हेर्न आउने आन्तरिक पर्यटकहरूको आगमन नरोकिने भूमे गाउँपालिका–१ का दिलचन पुनले बताए। पातीहाल्नामा दैनिक रुकुम पूर्वसहित विभिन्न छिमेकी जिल्लाबाट आउने आन्तरिक पर्यटक फोटो, भिडियो खिच्न, टिकटक बनाउनमै व्यस्त देखिने गरेको उनले बताए।
कतिपय एकअर्कालाई हिउँ हानेर रमाइरहेको दृश्य पनि देख्न सकिन्छ। रुकुम पूर्व, बागलुङ र रोल्पा तीन जिल्लाको सिमानामा रहेको पातिहाल्ना र यस आसपासको क्षेत्र प्रचुर पर्यटकीय सम्भावना बोकेको ठाउँ हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
