लन्डनमा युरोपेली मित्रराष्ट्रहरूसँगको वार्तापछि जेलेन्स्कीले युद्ध अन्त्यका लागि युद्धविराम मात्र ‘पर्याप्त नभएको’ बताएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टीबिनाको युद्धविरामले रुसको आक्रमणको दीर्घकालीन अन्त्य नहुने बताएका छन्। मित्रराष्ट्रहरूबाट भएको युद्धविरामको आह्वानपछि बेलायती मिडियासँगको कुराकानीमा जेलेन्स्कीले यस्तो बताएका हुन्।
लन्डनमा युरोपेली मित्रराष्ट्रहरूसँगको वार्तापछि आइतबार पत्रकार सम्मेलनमा जेलेन्स्कीले युद्ध अन्त्यका लागि युद्धविराम मात्र ‘पर्याप्त नभएको’ बताए।
आइतबारको युक्रेन संकट शिखर सम्मेलनपछि फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोँले फ्रान्स र बेलायतले युक्रेनमा ‘हवाई, सामुद्रिक र ऊर्जा पूर्वाधारमा’ एकमहिने युद्धविरामको प्रस्ताव गरेको बताएका थिए। यसमा स्थल आक्रमण भने समेटिएको छैन।
“यदि युक्रेनलाई गम्भीर सुरक्षा ग्यारेन्टीबिना युद्धविरामका लागि बाध्य पारिएमा यो सबैका लागि एक असफलता हुनेछ”, जेलेन्स्कीले बेलायतबाट प्रस्थान गर्नुअघि पत्रकारहरूसँग भने। उनले रुसले सम्झौता तोड्ने र युक्रेनले जवाफी कारबाही गर्नुपर्ने अवस्था आउने पनि बताए।
“कल्पना गर्नुहोस्, एक हप्तापछि रुसीहरूले हामीमाथि आक्रमण गरे भने हामी उनीहरूतर्फ गोली चलाउनुपर्ने हुनसक्छ, पूर्ण रूपमा बुझ्न सकिन्छ र यो के हुनेछ भनेर?”, उनले भने, “यसबाट कसलाई फाइदा हुनेछ, रुसीहरूलाई। निश्चित रूपमा हामीलाई होइन।”
आइतबारको वार्तालाई ‘प्रभावकारी शुरूआत’ भनी वर्णन गरेका जेलेन्स्कीले भने, “आगामी हप्तामा वार्ताहरूले अधिक कार्यान्वयनयोग्य योजना र युक्रेनको सुरक्षा ग्यारेन्टी कस्तो देखिन सक्छ भन्नेबारे राम्रो बुझाइ प्रदान गर्नेछ।”
शुक्रबार वासिङ्टनमा भएको नोकझोकका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले जेलेन्स्कीलाई ‘कृतज्ञ’ नभएको र उनीहरूको प्रस्तावित युद्धविराम शर्तहरू स्वीकार गर्न अस्वीकार गरेको आरोप लगाएका थिए। यद्यपि जेलेन्स्कीले आफूलाई सुरक्षा ग्यारेन्टी चाहिएको बताएका थिए।
विवादास्पद बैठकको परिणाम स्वरूप जेलेन्स्की युक्रेनी खनिज अधिकार साझा गर्नेबारे प्रारम्भिक सम्झौतामा हस्ताक्षर नगरीकन ह्वाइट हाउसबाट बाहिरिएका थिए। त्यसपछि केही रिपब्लिकनहरूले जेलेन्स्कीले राजीनामा दिनुपर्ने सुझाव दिएका थिए।
“हामीलाई एउटा नेता चाहिन्छ जसले हामीसँग राम्रो व्यवहार गर्न सक्छ, अन्ततः रुसीहरूसँग सम्झौता गर्न सक्छ र यो युद्धको अन्त्य गर्न सक्छ”, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले सीएनएनलाई भने।
जेलेन्स्कीले आफ्नो प्रतिस्थापन सहज नभएको तर नेटोको सदस्यताको बदलामा पदबाट हट्ने आफ्नो प्रस्ताव दोहोर्याए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
