कर्णाली, सुदूरपश्चिम, गण्डकी र कोशीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
काठमाडौँ– देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसका कारण कर्णाली, सुदूरपश्चिम र लुम्बिनीमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
सुदूरपश्चिमको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी र कोशीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ।
यसैगरी, राति पनि कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
