मंगलबार नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

मंगलबार नेप्से परिसूचक ३०.३६ अंक अर्थात् १.०५ प्रतिशतले घटेर २८४६.३० को विन्दुमा कायम भएको छ।

काठमाडौँ– शेयर बजार मंगलबार पनि घटेको छ। आइतबार ७५ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार १३ र मंगलबार ३० अंकको गिरावट देखिएको हो। नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

नेप्सेका अनुसार मंगलबार परिसूचक ३०.३६ अंक अर्थात् १.०५ प्रतिशतले घटेर २८४६.३० को विन्दुमा कायम भएको छ। 

यस दिन ३१८ कम्पनी शेयर कारोबार हुँदा १९८ कम्पनीको घट्यो भने ४१ कम्पनीको बढ्यो। त्यस्तै, पाँच वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

दुई करोड ६३ लाख ८९ हजार ९१० कित्ता शेयर एक लाख २२ हजार ३३६ पटक खरिद बिक्री हुँदा १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९३९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। सोमबार भने १४ अर्ब २८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यस दिनको कारोबारमा सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै वित्त समूहको उपसूचक २.१० प्रतिशतले घटेको छ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सिन्धु विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

यस दिन कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्सको एक अर्ब नौ करोड ३० लाख ७८ हजार ९८३ रुपैयाँको शेयर किनबेच भएको छ।