बुधबार संसद्मा अध्यादेश प्रस्तुत गर्दै सरकार, अनिवार्य उपस्थित हुन सांसदलाई कांग्रेस–एमालेको ‘ह्विप’
सरकारले ल्याएका अध्यादेश बुधबार बस्ने प्रतितिनिसभाको बैठकबाट पारित गराउन सत्तारुढ दल कांग्रेस र एमालेले आ–आफ्ना सांसदलाई अनिवार्य उपस्थितका लागि ‘ह्विप’ जारी गरेका छन्।
काठमाडौँ– प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले बुधबार बस्ने संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ‘ह्विप’ जारी गरेको छ।
सरकारले ल्याएका अध्यादेश बुधबार दिउँसो १ बजे बस्ने प्रतितिनिसभा बैठकबाट पारित गराउन दुवै पार्टीले आफ्ना सांसदलाई अनिवार्य उपस्थितका लागि ह्विप जारी गरेका हुन्।
सरकारले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, सहित पाँच अध्यादेश पेश गर्दै छ।
त्यस्तै, सरकारले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ तथा ‘सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश, २०८१’ पनि बुधबार संसद्मा पेश गर्ने भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
