नेपाली यू१९ टोली अफगानिस्तानसँग एकदिवसीय शृंखला खेल्ने

नेपाली यू१९ क्रिकेट टोलीले घरेलु मैदानमा अफगानिस्तानको युवा टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ।

काठमाडौँ– नेपाली यू१९ क्रिकेट टोलीले घरेलु मैदानमा अफगानिस्तानको युवा टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ।

अफगानिस्तानको यू१९ टोली सिरिज खेल्न नेपाल आउन लागेको हो। 

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार खेल मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने छ। तीन खेल शृंखला चैत २१ गतेदेखि शुरू हुनेछ।दोस्रो खेल चैत २४ तथा तेस्रो खेल चैत २७ गते हुनेछ।

आईसीसी यू१९ विश्वकपअन्तर्गत एशिया छनोटअघि नेपालले अफगानिस्तानसँग खेल्न लागेको हो। एशिया छनोटका खेल चैत अन्तिम साता घरेलु मैदानमा हुँदै छन्। एशिया छनोट नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमानले छनोटमा प्रतिस्पर्धा गर्दै छन्।