नेप्सेमा झिनो अंकको सुधार, ८८ करोडको कारोबार

कूल २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता सेयर ८८ करोड ६० लाख ९८ हजार ५६८ मूल्यमा खरिद बिक्री भए। कारोबारका आधारमा प्राइम बैंक शीर्ष स्थानमा छ।

काठमाडौँ– नेप्से परिसूचकमा सोमबार झिनो अंकले सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.८३ अंकले उकालो लागेर १८५८.८९ मा पुगेको छ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१५ अंकले सुधार भई ३६३.९७ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ। नौ उपसमूहको सेयर मूल्यमा भने वृद्धि भएको छ।

कूल २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता सेयर ८८ करोड ६० लाख ९८ हजार ५६८ मूल्यमा खरिद बिक्री भए। कारोबारका आधारमा प्राइम बैंक शीर्ष स्थानमा छ। सो बैंकको सेयर ६ करोड ९३ लाख ४३ हजार १०३ मूल्यमा कारोबार भयो।

फरवार्ड माइक्रोफाइनान्स  पाँच करोड ४९ लाख ४२ हजार ९८१, हिमालयन डिस्टिलरी चार करोड २७ लाख ९० हजार ३९४, नेपाल दूरसञ्चार कम्पनी तीन करोड ७६ लाख ६४ हजार ८५९ र पिपल्स हाइड्रोपावरको तीन करोड २८ लाख १८ हजार ४३४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।

नेप्सेका अनुसार धौलागिरि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। खप्तड लघुवित्त ६.०८, सिवाइसी नेपाल लघुवित्त ५.९८, नवील ब्यालेन्स फन्ड दोस्रो ५.९० र रिलायन्स फाइनान्सका लगानीकर्ताले ४.०४ प्रतिशतले कमाएका छन्।

त्यस्तै, इस्टर्न हाइड्रोपावर ७.९७, ग्लोबल आइएमई ब्यालेन्स फन्ड पहिलो ७.७२, फरवार्ड माइक्रोफाइनान्स ६.७६, पिपल्स हाइड्रोपावर ६.०४ र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले ५.६४ प्रतिशतले गुमाएका छन्।