अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ।
काठमाडौँ – अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। मंगलबार दुबईमा भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८.१ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्यो।
भारतका लागि विराट कोहलीले ९८ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ८४ रन बनाए। श्रेयस अय्यरले ४५ रन जोड्दा केएल राहुल ४२ रनमा अविजित रहे। त्यस्तै, रोहित शर्मा र हार्दिक पाण्ड्याले समान २८ रन जोडे भने अक्षर पटेल २७ रनमा आउट भए।
बलिङतर्फ अस्ट्रेलियाका नेथन एलिस र एडम जाम्पाले समान २/२ विकेट लिँदा बेन ड्वारसुइस र कूपर कोनोलीको नाममा समान १-१ विकेट रह्यो।
मंगलबार दुबई अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभर खेल्दै २६४ रन बनायो। अस्ट्रेलियाका लागि स्टिभ स्मिथले ९६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ७३ रन बनाए। एलेक्स क्यारीले ६१, ट्राभिस हेडले ३९, मार्नस लबुशेनले २९ तथा मार्नस लबुसेन ११ रन बनाए।
बलिङतर्फ भारतका मोहम्मद शामीले ३, वरुण चक्रवर्तीले र रविन्द्र जडेजाले समान २/२ तथा हार्दिक पान्ड्या र अक्षर पटेलको नाममा १-१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
