यस्तो रहनेछ बुधबारको मौसम

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

काठमाडौँ– देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। 

जसका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। यसैगरी, राति पनि कोशीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। 

बिहानपख तराईका थोरै स्थानमा हल्का हुस्सुसमेत लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।