च्याम्पियन्स लिग: अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिड र आर्सनलको जित

आर्सनलले पीएसभीमाथि गोलको वर्षा गरेको छ। पाहुना टोली आर्सनलले नेदरल्यान्डको क्लब पीएसभीलाई ७–१ ले हराएको हो।  

काठमाडौँ– च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई २-१ ले पराजित गरेको छ। 

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा रियलले रोड्रिगो र ब्राहिम डियाजको गोलमा जित हासिल गरेको हो। एट्लेटिकोका  जुलियन अल्भारेजले एक गोल फर्काए। 

अर्को खेलमा आर्सनलले पीएसभीमाथि गोलको वर्षा गरेको छ। अवे मैदानमा आर्सनलले नेदरल्यान्डको क्लब पीएसभीलाई ७–१ ले हराएको हो।  

आर्सनलका कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे। जुरिएन टिम्बर, इथान न्वानेरी, मिकेल मेरिनो, लिआन्द्रो ट्रोसार्ड र रिकार्डो क्यालाफियोरीका नाममा समान एक गोल रह्यो।

पीएसभीका लागि नोआ लाङले पेनाल्टीमार्फत एकमात्र सान्त्वना गोल गरे।