सूक्ष्म वर्गीकरण केन्द्रले उपमहानगरका १९ वडामध्ये हाल नौ वटा वडाबाट दैनिक २१ टन फोहोर संकलन गरेर वर्गीकरण गरी बिक्री गर्दै आएको छ।
गोदावरी– धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहोर बिक्री गरेर ४५ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ। केन्द्रले गत आर्थिक वर्षमा २५ लाख ५५ हजार र चालु आवको आठ महिनामा २० लाख आम्दानी गरेको हो।
उपमहानगरका वातावरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीका अनुसार उपमहानगरले आव २०८०/०८१ साउनदेखि उक्त केन्द्र सञ्चालनमा ल्याएको हो। चालु आवदेखि निजी कम्पनीमार्फत ठेक्का लगाई फोहोर बिक्री गर्दै आएको छ। धनगढीको नन्दादेवी सेवा केन्द्रलाई पाँच वर्षका लागि ठेक्का दिइएको छ। पहिलो वर्षको ठेक्का रकमअनुसार प्रत्येक वर्ष १० प्रतिशतले पाँच वर्षसम्म रकम वृद्धि गर्नेगरी ठेक्का सम्झौता भएको छ।
उपमहानगरका १९ वडामध्ये हाल नौ वटा वडाबाट दैनिक २१ टन फोहोर संकलन गरेर केन्द्रले फोहोर वर्गीकरण गरी बिक्री गर्ने गरिएको छ। बाँकी १० वटा वडामा सरसफाइ अभियानमार्फत व्यापारिक केन्द्रमा डस्बिन राखेर फोहोर संकलन गरिरहेको छ।
प्लास्टिक, फलाम, टिन, आल्मुनियम, रबर, जुत्ता, कागज सबै अलगअलग वर्गीकरण गरेर बिक्री गर्ने गरिएको उपमहानगरले जनाएको छ। कुरकुरे र चाउचाउका प्लास्टिकजन्य नकुहिने फोहोर व्यवस्थापनमा समस्या भएको छ। यस्तो फोहोरलाई वडाको सिफारिसमा खाली जमिनमा व्यवस्थापन गरिएको छ। “संकलित फोहोरमध्ये ७० प्रतिशत प्रयोगमा ल्याउने गरिएको छ, कुहिने फोहोरबाट बायोग्यास निकालिने गरिएको छ,” अवस्थीले भने।
धनगढी बजार र अन्य वडाका बस्तीबाट २१ वटा ट्रयाक्टरमार्फत कुहिने ठोस र नकुहिने फोहोर संकलन गरी केन्द्रमा लगेर कागज, प्लास्टिक, धातु, कपडा, सिसा, काठ, दाउरा, विभिन्न किसिमका तार, रेडियो, टिभी, मोबाइललगायत विद्युतीय सामग्री र रबरलाई छुट्याएर राख्ने गरिएको छ। वर्गीकरण केन्द्रमा कागज, प्लास्टिकलगायत फोहोर टुक्र्याउन र दबाउन तीनवटा मेसिन राखिएका छन्। उपमहानगरले १५ वर्षका लागि वार्षिक १ लाख २५ हजार रुपैयाँका दरले भाडा तिर्नेगरी दुई बिघा जमिन भाडामा लिई ३० लाख लगानीमा केन्द्र सञ्चालनमा ल्याएको हो।
बजारबाट संकलित फोहोरलाई धनगढी, विराटनगर, भैरहवा र दाङलगायत बजार र केही स्थानीय बजारमा बिक्री गर्दै आइरहेको केन्द्र सञ्चालक हस्तबहादुर शाहले बताए। सूक्ष्म वर्गीकरणमा अहिले १४० जनाले रोजगारी पाएका छन्। केन्द्रको अवलोकनका लागि देशभरका स्थानीय तहका जनप्रतिनिधि आउने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
