उकालो सडकमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि पाल्पा लगिएको छ।
पर्वत– बिहादी गाउँपालिकामा बुधबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सातजना घाइते भएका छन्।
गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको लु१ज ४४६० नम्बरको जिप बिहादी–६ लिदीमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र कालीगण्डकी–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रवीन विष्टले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि पाल्पा लगिएको छ। एक बालक सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।
उकालो सडकमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेको पहिचान खुलिसकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
