चार्टर्ड विमान न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो। अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा केही यात्रुहरूलाई झारेर नेपाल आइपुगेको हो।
काठमाडौँ– अमेरिकाबाट डिपोर्ट गरिएका आठ जनालाई नेपाल ल्याइएको छ। आप्रवासीलाई निष्कासित गर्ने नीतिअन्तर्गत उनीहरूलाई चार्टर्ड विमानमार्फत बुधबार बिहान नेपाल ल्याएको हो।
विमानस्थल अध्यागमन कार्यालयका अनुसार अनुसार बिहान बिहान ९ः ५३ बजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। नेपाल फर्काइएकामध्ये सात पुरुष र एक महिला भएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईले बताए। चार्टर्ड विमान न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो। अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा केही यात्रुहरूलाई झारेर नेपाल आइपुगेको हो।
नेपाल ल्याए लगतै अध्यागमन विभागले उनीहरूलाई प्रहरीको जिम्मा लगाएको छ। अहिले सोधपुछका लागि मानव बेचबिखन अनुसन्धान ब्युरो पुर्याएको छ। मानव तस्करीबारे सोधपुछ तथा अनुसन्धानका लागि ब्युरो ल्याएको ब्युरोका प्रवक्ता नरेन्द्र कुवरले बताए। “उहाँहरू कसरी अमेरिका छिर्नुभयो, कसको माध्यमबाट जानु भयो जस्ता मानव तस्करीसँग सम्बन्धित सोधपुछ गर्नेछौँ,” उनले भने। यसअघि पनि अमेरिकाबाट डिपोर्ट भएकाहरूलाई ब्युरोले सोधपुछ गर्ने गरेको थियो।
‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ का अनुसार अवैध रूपमा अमेरिका छिरेका दुई हजार आठ जना हिरासतमा छन् । तीमध्ये एक हजार ३६५ जना डिपोर्ट हुने सूचिमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
