लगातार तेस्रो दिन बुधबार पनि शेयरबजार परिसूचक नेप्से घटेको छ। आज नेप्से २५.१६ अंकले घटेर २८२१.१३ विन्दुमा झरेको छ।
काठमाडाैँ– लगातार तेस्रो दिन बुधबार पनि शेयरबजार परिसूचक नेप्से घटेको छ। आज नेप्से २५.१६ अंकले घटेर २८२१.१३ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। मंगलबार करिब १३ अर्बको शेयर कारोबार भएको बजारमा आज भने ३०८ स्टकका २ करोड ३३ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री हुँदा १० अर्ब ९७ करोड २६ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। समाज लघुवित्त वित्तीय संस्था र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ९.९५ प्रतिशत बढेको छ भने माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य ८.८२ प्रतिशतले बढेको छ।
आज १३ उपसमूहमध्ये व्यापारको परिसूचक ०.४३ प्रतिशतले बढेकोमा बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.५५ प्रतिशत घटेको छ।
त्यस्तै, बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
