वर्षाको सीमा आँकलन गरी तिनलाई जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान प्रणालीमा समावेश गर्ने प्रक्रियालाई सहज बनाउन अध्ययन गरिएको थियो।
काठमाडौँ– विपद् विज्ञहरूले पहिरोको पूर्वानुमान गर्न सकिने विश्वसनीय विधि विकास गर्न सकिने निष्कर्ष निकालेका छन्।
विगतमा सिन्धुपाल्चोकका हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरो गएको विषयमा वर्षाको सीमा आँकलन गरी तिनलाई जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान प्रणालीमा समावेश गर्ने प्रक्रियालाई सहज बनाउन अध्ययन गरिएको थियो। सो अध्ययनमा सहभागी विज्ञ टोलीले उक्त निष्कर्ष निकालेको हो।
अध्ययनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा रञ्जनकुमार दाहालले अध्ययनको उद्देश्य, अनुसन्धान विधिलगायतबारे जानकारी गराउँदै तथ्यांकका आधारमा पहिरोको पूर्वानुमान गर्न विश्वसनीय विधि विकास गर्न सकिने बताए। डा दाहालले यस्तो विधिको विकास गरी जोखिम सञ्चार रणनीति र समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।
उक्त निष्कर्षसहतिको प्रतिवेदन हालै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमासमेत बुझाइएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुसालले प्राधिकरणले विभिन्न विपद्हरूको पूर्वसूचना प्रणाली विकासमा काम गरिरहेकाले सिन्धुपाल्चोकका दुई पालिकामा भएको अध्ययनले महत्त्वपूर्ण आधारका रूपमा काम गर्ने बताए।
अध्ययनले हेलम्बुमा २४ घन्टामा १२४ मिलिमिटर पानी परेमा र पाँचपोखरी थाङपालमा सोही अवधिमा ११८ मिलिमिटर पानी परेमा पहिरो जान शुरू हुने देखिएको छ। मनसुनमा सबैभन्दा धेरै पहिरो जाने जिल्लामध्ये सिन्धुपाल्चोक पनि हो। नेपालका लागि हालसम्म गरिएका अध्ययनका अनुसार प्रतिदिन ११५ मिलिमिटरदेखि १६० मिलिमिटर पानी पर्दा पहिरो निम्तिने गरेको छ।
उक्त अध्ययनले कति वर्षाले पहिरो जाने कुराको तथ्यांकका आधारमा पहिरोको पूर्वानुमान गर्न विश्वसनीय विधि विकास गर्न सकिने औँल्याएको छ।
अध्ययनमा वर्षाको मात्राले पहिरो जाने सीमा निर्धारण गर्न सकेमा पहिरोको पूर्व चेतावनी प्रणाली र विपद् जोखिम व्यवस्थापनको रणनीति विकास गर्न सजिलो हुने सुझाव दिइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
