कोशी, गण्डकी र कर्णालीमा हल्का हिमपातको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ।

काठमाडौँ– देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। 

यसैगरी, राति पहाडी भूभागमा आंशिक बदली हुनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।