दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्यान्डले भारतसँगको उपाधि भिडन्त पक्का गरेको छ। फाइनल खेल आइतबार दुबईमा हुनेछ।
काठमाडौँ– आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि न्युजिल्यान्ड र भारत भिड्ने भएका छन्।
बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्यान्डले भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो। यसअघि पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनल पुगिसकेको छ।
लाहोरमा ३६३ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर ३१२ रन बनायो। डेभिड मिलरले अविजित शतक बनाए। रासी भान डेर डुसेनले ६९ तथा कप्तान टेम्बा बाभुमाले ५६ रनको योगदान दिए।
न्युजिल्यान्डका कप्तान मिचेल सान्टनरले ३ तथा म्याट हेनरी र ग्लेन फिलिप्सले समान २/२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर ३६२ रनको योगफल तयार रापेको थियो। न्युजिल्यान्डका रचिन रविन्द्रले १०८ तथा केन विलियमसनले १०२ रनको शतकीय पारी खेले। डारिल मिचेल र ग्लेन फिलिप्सले समान ४९ रन बनाए।
दक्षिण अफ्रिकाका लुंगी एंगिडीले ३ तथा कगिसो रबाडाले २ विकेट लिए। फाइनल खेल आइतबार दुबईमा हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
