सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आकस्मिक आक्रमणमा पक्राउ परेकामध्ये पाँच जना अमेरिकी पनि रहेको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धरत प्यालेस्टिनी समूहलाई बन्धकलाई छाड्न वा नारकीय परिणामको सामना गर्न तयार रहन चेतावनी दिएका छन्।
ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा बुधबार पोस्ट गर्दै सबै बन्धक र शवहरू तुरून्त अहिले नै फिर्ता गर्न निर्देशन दिएका हुन्। “बन्धकहरूलाई अहिले नै छोडिदिनुहोस्। नत्र पछि यसको परिणाम नरक हुनेछ,” उनले लेखेका छन्, “गाजाका जनताका लागि एक सुन्दर भविष्यले पर्खिरहेको छ तर यदि बन्धकहरू रिहा गर्नुभएन भने त्यो सम्भव हुने छैन।”
ट्रम्पले हमास लडाकु समूहको नेतृत्वलाई गाजा क्षेत्र खाली गर्न पनि निर्देशन दिएका छन्। “यो तपाईंको लागि अन्तिम चेतावनी हो। तपाईंसँग अझै पनि अवसर छ त्यो हो अब गाजा छोड्ने समय आएको छ,” उनले हमासलाई भनेका छन्, “म इजरायललाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदैछु। यदि तपाईंले मैले भनेजस्तो गर्नुभएन भने हमासका कुनै पनि सदस्य सुरक्षित हुनेछैनन्।”
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आकस्मिक आक्रमणमा पक्राउ परेकामध्ये पाँच जना अमेरिकी पनि रहेको बताइएको छ। तीमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ।
यस्तै, हमासका अधिकारीहरूले बुधबार गाजामा बन्धक बनाइएका व्यक्तिलाई मुक्त गर्ने सम्बन्धमा अमेरिकी दूतसँग प्रत्यक्ष वार्ता गरेको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
