बिहीबार नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– यो साता कारोबारको पहिलो दिन उच्च अंकको वृद्धि देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक त्यसयता निरन्तर घटिरहेकोप छ। पछिल्लो चार कारोबार दिनयता नेप्से परिसूचकमा लगातार गिरावट देखिएको हो।
यो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। नेप्सेका अनुसार यस दिन परिसूचक २.७० अंकले घटेर २८१८.४३ को विन्दुमा कायम भएको हो।
विभिन्न ३१० कम्पनीको एक करोड ९० लाख ४१ हजार ५१४ कित्ता शेयर ९३ हजार ८९५ पटक खरिदबिक्री हुँदा १० अर्ब १० करोड १८ लाख १७ हजार ६८१ रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि बुधबार १० अर्ब ९७ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
बिहीबारको कारोबारमा विकास बैंक समूहको उपसूचक सबैभन्दा धेरै १.८६ प्रतिशतले बढेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन ०.२४, लघुवित्त ०.०५ र बैंक समूहको उपसूचक ०.०३ प्रतिशतले बढेको छ। अरू समूहको उपसूचक भने घटेको छ। वित्त ०.२३, होटल तथा पर्यटन ०.५७, जलविद्युत् ०.०६, लगानी ०.१४, जीवन बीमा ०.८०, म्युचुअल ०.१८, निर्जीवन बीमा ०.०४, अन्य ०.७१ र व्यापार समूहको उपसूचक ०.२४ प्रतिशतले घटेको हो।
यस दिनको कारोबारमा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र भूगोल इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १० प्रतिशत नेबिल डिभेन्चरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको एक अर्ब १२ करोड ८३ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा बढी घलेम्दी हाइड्रोको १० लाख ६० हजार कित्ता किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
