प्रतिनिधिसभाबाट बुधबार पारित भएर आएका पाँच वटा अध्यादेशलाई राष्ट्रियसभाको बिहीबारको बैठकले बहुमतका आधारमा स्वीकृत गरेको छ।
काठमाडौँ– राष्ट्रियसभाको बिहीबारको बैठकले पाँच वटा अध्यादेश स्वीकृत गरेको छ।
प्रतिनिधिसभाबाट बुधबार पारित भएका सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ तथा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई राष्ट्रियसभाले बहुमतबाट स्वीकृत गरेको हो।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ माथि सांसदहरू डा वेदुराम भुसाल, मायाप्रसाद शर्मा, नरबहादुर विष्ट र सुरेशकुमार आले मगरले अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।
यस्तै सांसदहरू मदनकुमारी शाह ‘गरिमा’ र झक्कुप्रसाद सुवेदीले निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ अस्वीकार गरियोस् भन्ने प्रस्ताव बिहीबारको बैठकमा पेश गरेका थिए। उक्त प्रस्ताव पनि बहुमतले अस्वीकृत भएको छ ।
आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ माथि गंगाकुमारी बेलवासे, विष्णुबहादुर विश्वकर्मा, मनरुपा शर्मा र घनश्याम रिजालले अस्वीकार गरियोस् भन्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव पनि अस्वीकृत भएको छ।
त्यसैगरी सांसदद्वय जगप्रसाद शर्मा र राजेन्द्रलक्ष्मी गैरेले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस् भनी राखेको प्रस्ताव पनि बहुमतले अस्वीकृत भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
