युक्रेनी विपक्षी नेताहरू पेट्रो पोरोसेन्को र युलिया टिमोसेन्कोले वासिङ्टनका प्रतिनिधिसँगको कुराकानीमा युद्धका बेला चुनाव गराउन हुँदैन भन्नेमा आफूहरू स्पष्ट रहेको बताएका छन्।
युक्रेनी विपक्षी नेताहरूले शान्तिकाल नआउँदासम्म चुनाव गर्नु नहुने अडान लिएका छन्। युक्रेनी विपक्षी दलका नेताहरू पेट्रो पोरोसेन्को र युलिया टिमोसेन्कोले बिहीबार वासिङ्टनका अधिकारीहरूसँगको भेटमा युद्धको अवस्थामा चुनाव गराउन हुँदैन भन्नेमा स्पष्ट रहेको बताएका हुन्।
युक्रेनमा ‘मार्सल ल’ लागू रहेको समयमा चुनावमा प्रतिबन्ध लाग्ने व्यवस्था छ। तर रुस भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की वैध नेता नभएको तर्क गर्दै चुनावको माग गरेका छन्।
अमेरिकी समाचार आउटलेट पोलिटिकोले बिहीबार ट्रम्पका वरिष्ठ सहयोगीले टिमोसेन्को र पोरोसेन्कोको पार्टीका वरिष्ठ सदस्यहरूसँग देशमा शीघ्र राष्ट्रपतीय चुनाव गर्न सकिन्छ कि भन्नेबारेमा गोप्य छलफल गरेको उल्लेख गरेको छ।
विपक्षी युरोपेली सोलिडारिटी पार्टीका नेता तथा रोसेन कन्फेक्सनरी निर्माताका संस्थापक पोरोसेन्को सन् २०१४ मा राष्ट्रपति निर्वाचित भएका थिए। सन् २०१९ को चुनावमा भने उनी जेलेन्स्कीसँग पराजित भएका थिए।
बिहीबारको एक वक्तव्यमा उनले आफ्नो पार्टी ‘युद्धकालमा चुनाव गराउन हुँदैन भन्नेमा स्पष्ट रूपमा रहेको’ बताएका छन्। “हामीले युद्धविराम र युक्रेनका लागि सुरक्षा ग्यारेन्टीसहित शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि मात्र चुनाव हुन सक्छ भनी भनेका छौँ र यसो भन्न जारी राख्छौँ”, उनले भने।
पोरोसेन्कोले आफ्नो टोलीले ‘युक्रेनका लागि द्विदलीय समर्थन कायम राख्न सार्वजनिक र पारदर्शी रूपमा’ काम गरिरहेको बताए।
जेलेन्स्कीको प्रशासनको आलोचना गर्दै उनले युक्रेनी सरकार र अमेरिकी प्रशासनबीच ‘सञ्चारको अभाव’ भएको र ‘यसले राज्यलाई जोखिममा पारेको’ पनि बताए। गत महिना जेलेन्स्कीले बढ्दो आन्तरिक द्वन्द्वबीच पोरोसेन्कोलाई देश छोड्न प्रतिबन्ध लगाएका थिए। युक्रेनले उनको सम्पत्तिमा पहुँचमा रोक लगाएको छ।
“मेरो टोलीले हाम्रा सबै मित्रराष्ट्रहरूसँग वार्ता गरिरहेको छ जो सकेसम्म चाँडो न्यायपूर्ण शान्ति सुनिश्चित गर्न मद्दत गर्न सक्छन्”, युक्रेनको प्रधानमन्त्रीका रूपमा दुई कार्यकाल सेवा गरिसकेकी र फादरल्यान्ड पार्टीको नेतृत्व गर्ने टिमोसन्कोले भनिन्, “त्यस बेलासम्म र मैले यो एकभन्दा बढी पटक भनेको छु, युक्रेनमा कुनै पनि चुनाव गराउने कुरा असम्भव छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
