अवैध बाटो हुँदै अमेरिका पुग्ने यात्रामा निस्किएका दाङका पूर्णबहादुर अफ्रिकी देश घानामा अस्ताएका छन्। दुई पटक अमेरिका जाने प्रयास गर्दा पूर्णबहादुरले करिब एक करोड खर्चिएको दाइ टोपेन्द्रको भनाइ छ।
काठमाडौँ– बिहीबार बिहान ३ बजे दाङमा भएका परिवारलाई फोन आयो– पूर्णबहादुर डाँगी रहेनन्। पूर्णबहादुरले पश्चिमी अफ्रिकी देश घानामा मृत्युवरण गरेको अप्रिय खबर उनीसँगै भएका साथीले बिहानै परिवारलाई फोन गरेर सुनाएका थिए।
दाङको शान्तिनगर गाउँपालिका–७ घर भएका पूर्णबहादुर (३७) अमेरिका पुग्ने सपना बोकेर अवैध मार्ग पच्छाइरहेका थिए। अढाई वर्षअघि दलाललाई चर्को रकम बुझाएर उनी अवैध बाटो हुँदै अमेरिका पुग्ने यात्रामा निस्किएका थिए। उनै पूर्णबहादुर अमेरिका पुग्ने सपना पछ्याउँदापछ्याउँदै घानामा सोमबार अस्ताएका हुन्।
परिवारलाई प्राप्त खबरअनुसार घानाको एउटा होटलमा सुतेकै अवस्थामा उनको मृत्यु भएको थियो। अस्पतालको प्रारम्भिक रिपोर्टलाई उद्धृत गर्दै परिवारलाई दिइएको जानकारीअनुसार हर्ट अट्याकका कारण उनको मृत्युको भनिएको छ। यद्यपि पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ।
दुई दिनअघि कुराकानी
पूर्णबहादुरका दाइ नाता पर्ने टोपेन्द्र डाँगीका अनुसार उनको परिवार शान्तिनगर–७ मा बस्छ। उनका बुबाआमा गाउँमै बस्छन्। श्रीमती, कक्षा ९ मा पढ्ने छोरा र १२ कक्षा उत्तीर्ण गरेकी छोरी तुलसीपुरमा डेरा लिएर बस्दै आएका छन्।
पूर्णबहादुर नौ वर्षदेखि वैदेशिक रोजगारीमा थिए। मलेसियामा रहँदा हेभी ड्राइभरको काम गर्थे। बेलाबखत उनी घर आइरहन्थे। उनले त्यहाँ राम्रै कमाउँथे पनि।
तर पछिल्लो पटक मलेसिया पुगेपछि भने उनले अवैध रूपमा अमेरिका जाने सपना बुने। “भित्रभित्र उसले योजना बनाइरहेको रहेछ,” टोपेन्द्र भन्छन्, “मलेसियामै रहँदा उसले दलाल भेटेर अमेरिका जाने बाटो समाएछ।”
अढाई वर्षअघि उनले मलेसियाबाटै दलाल समाएर अमेरिका यात्रा शुरू गरे। त्यहाँबाट उनी विभिन्न मार्ग हुँदै दक्षिण अमेरिकी मुलुकमा पुगे। तर दलालले अघि बढाउन नसकेपछि उनी फर्केर घर आए। करिब एक महिना घर बसेपछि उनले फेरि अमेरिका यात्राको बाटो समाए।
तर दलालले उनलाई पुनः दक्षिण अमेरिकी देशमा पुर्याएपछि अघि बढाउन सकेन। दुई वर्ष उनी बाटोमै रोकिए। “घरदेखि हिँडेका लामो समयसम्म पनि ऊ अमेरिका पुग्न सकेन छ,” उनले भने, “बाटोमै दलालले उसलाई अल्झाइरहे।”
दुई पटक अमेरिका जाने प्रयास गर्दा पूर्णबहादुरले करिब एक करोड रुपैयाँ खर्चिएको टोपेन्द्रको भनाइ छ।
पूर्णबहादुरको घरमा श्रीमतीसँग कुराकानी भइरहन्थ्यो। घानामा पुगेका कुरा पनि उनले परिवारलाई सुनाएका थिए। टापेन्द्रले थाहा पाएअनुसार उनी एक महिनादेखि घानाकै एउटा होटलमा बसिरहेका थिए। उनीसँग अमेरिका जाने अन्य समूह पनि थियो। उनी होटलको कोठामा भने एक्लै बस्थे।
घटनाको दुई दिनअघि अर्थात् सोमबार पूर्णबहादुरको श्रीमतीसँग कुराकानी भएको थियो। त्यसपछि दुई दिन उनी सम्पर्कमा रहेनन्। “परिवारसँग सम्पर्क टुटेको दुई दिनपछि उसको मृत्युको खबर आयो,” टोपेन्द्रले भने।
छोरा अस्पताल, परिवार विक्षिप्त
पूर्णबहादुरको मृत्युको खबरले परिवार विक्षिप्त छ। आफन्त शोकमा डुबेका छन्। टोपेन्द्रका अनुसार पूर्णबहादुरको मृत्युको खबरपछि श्रीमती दिला डाँगी घरमा अर्धमुर्छित छिन् भने १६ वर्षीय छोरा बेहोस अवस्थामा छन्। “बुवाको मृत्युको खबरले छोरा बेहोसी अवस्थामा छ। मैले नै उसलाई अस्पताल लिएको आएको छु” उनले भने, “परिवारमा रुवाबासी छ।”
उनका अनुसार अहिले पूर्णबहादुरको शव घानाको एक अस्पतालमा राखिएको छ। सम्भवतः शुक्रबारसम्म पोस्टमार्टम रिपोर्ट आउने खबर परिवारलाई प्राप्त भएको छ। त्यसपछि शव ल्याउन प्रयास थाल्ने उनले बताए।
“अहिले ऊ बितेको खबर मात्र पायौँ। धेरै कुरा बुझ्न पाएका छैनौँ, के गर्ने कसो गर्ने सोच्नै सकिरहेका छैनौँ,” उनले भने, “परिवार राम्रोसँग बोल्न सक्ने पनि अवस्थामा पनि छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
