काठमाडौँको चन्द्रागिरिस्थित प्लास्टिक कारखानामा आगलागी

आगलागीबाट प्लास्टिक कारखाना जलेर नष्ट भएको र बाँकी क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

काठमाडौँ– काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० बोसीगाँउस्थित आरएमबी प्लास्टिक प्याकेजिङ कारखानामा शुक्रबार बिहान आगलागी भएको छ।

पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रूपमा सञ्चालन गरेको सो कारखानामा आगलागी भएको हो। आगलागी नियन्त्रणमा प्रहरी वृत्त बालाजु, प्रहरी वृत्त थानकोट, प्रभागबाट ३२ जनाको टोलीसहित सशस्त्र प्रहरी बल तथा स्थानीयसमेत खटिएका थिए। 

सातवटा दमकल तथा १५ पानी ट्यांकर प्रयोग गरिएका थिए। आगलागी नियन्त्रणमा आइसकेको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एपसी अपीलराज बोहराले जानकारी दिए। 

प्लास्टिक कारखाना जलेर नष्ट भएको र बाँकी क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए।