बसको ठक्करबाट बारामा मोटरसाइकल चालकको मृत्यु

मृत्यु हुनेमा रौतहट फतुवा विजयपुर नगरपालिका–५ बैरगनियाका ३५ वर्षीय अनिलप्रसाद यादव रहेको डीएसपी विजयराज पण्डितले जानकारी दिए। 

निजगढ– बाराको कलैया उपमहानगरपालिका–१४ बघवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा रौतहट फतुवा विजयपुर नगरपालिका–५ बैरगनियाका ३५ वर्षीय अनिलप्रसाद यादव रहेको डीएसपी विजयराज पण्डितले जानकारी दिए। 

शुक्रबार बिहान हुलाकी राजमार्गअन्तर्गत बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा यादवको मृत्यु भएको हो। 

घटनालगत्तै यादवलाई प्रादेशिक अस्पताल कलैया लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।