टुरिजम मार्टमा भारतको पश्चिम बंगाल, विहार र सिक्किम तथा भुटानका गरी १०० भन्दा बढी पर्यटन व्यवसायी, पत्रकार र पर्यटनकर्मी सहभागी हुनेछन्।
काठमाडौँ– कोभिडका कारण थलिएको पूर्वी नेपालको पर्यटनलाई उकास्ने उद्देश्यले इटहरीमा ‘इस्टर्न टुरिजम मार्ट’ हुने भएको छ।
नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश र इटहरी उपमहानगरपालिकाले आयोजना गरेको उक्त पर्यटन मेलामा भारतका पश्चिम बंगाल, बिहार र सिक्किम तथा भुटानका गरी १०० भन्दा बढी पर्यटन व्यवसायी, पत्रकार र पर्यटनकर्मी सहभागी हुनेछन्।
मेला आयोजक समितिका अध्यक्ष देवी गौतमका अनुसार कोशी प्रदेश सरकारले ‘भ्रमण वर्ष २०८२’ मनाउने तयारी गरिरहँदा मार्टले पर्यटनको प्रवर्द्धन गर्नेछ। फागुन २५ देखि २७ सम्म चल्ने मार्टमा कोशी प्रदेशभर रहेका पर्यटकीय गन्तव्यबारे जानकारी दिने १५० वटा स्टल राखिनेछन्।
“कोशी प्रदेशको पर्यटनको विकास र प्रवर्द्धनका लागि यो एउटा एकीकृत प्रयास हो,” गौतमले भने, “हाम्रो क्षेत्रमा भारतीय पर्यटकहरूको मुख्य चासो रहेको हुँदा उनीहरूको चाहना र हाम्रो सम्भावना तथा सेवाबारे जानकारी आदानप्रदान नै मुख्य लक्ष्य हो।”
मार्टको उद्घाटन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नेछन्। कोशी प्रदेशका पर्यटन व्यवसायी, ग्रामीण पर्यटनकर्मी र धार्मिक संस्थाबाट पर्यटन सम्बद्ध स्टलमार्फत समग्र कोशी प्रदेशको सम्भावना उजागर हुने आयोजक समितिका सचिव वासुदेव बरालले जानकारी दिए।
उनका अनुसार फागुन २६ गते धरान, भेडेटार, वराहक्षेत्र, कोशीटप्पु, रामधुनीलगायत स्थानको भ्रमण कार्यक्रम राखिएको छ। कार्यक्रममा चौधरी समुदायको घर र पहाडी समुदायको घर आकर्षणको रूपमा रहनेछ। यसका साथै पूर्वको पर्यटन पूर्वाधारमा ठूलो लगानी गर्ने व्यवसायीलाई पर्यटन अवार्डद्वारा सम्मान गर्ने कार्यक्रमसमेत रहेको आयोजकले जनाएका छन्।
‘कोभिडपछि धेरै पर्यटन व्यवसायी अत्तालिएका छन्,” बरालले भने, “यस्ता मेला–महोत्सवले व्यवसायीलाई उत्साह भर्नेछ। पर्यटन क्षेत्रमा नेटवर्किङ स्थापित भएर दिगो पर्यटन व्यवसाय सञ्चालनको आधार भन्नेछ भन्ने विश्वास लिएका छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
