इक्वेडरमा लागुऔषध तस्करी, अपहरण र फिरौतीमा संलग्न २० भन्दा बढी आपराधिक गिरोह छन्। विशेषज्ञका अनुसार गिरोहहरू निरन्तर परिवर्तन भइरहेका छन् र अपराधबाट हुने मुनाफाले बलियो हुँदै गएका छन्।
इक्वेडरमा लागूपदार्थ तस्करी गिरोहका प्रतिद्वन्द्वी समूहहरूबीच भिडन्त हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ।
प्रहरी स्रोतका अनुसार गोली हानाहानमा लस टिगेरोन्स नामक गिरोहका विरोधी समूह संलग्न थिए। उक्त गिरोह शक्तिशाली गिरोहमध्ये एक हो।
इक्वेडरमा लागुऔषध तस्करी, अपहरण र फिरौतीमा संलग्न २० भन्दा बढी आपराधिक गिरोह रहेको एएफपीले जनाएको छ। यिनीहरूले विश्वको सबैभन्दा ठूला कोकिन उत्पादक पेरु र कोलम्बियाबीचमा रहेको एक करोड ८० लाख जनसंख्या भएको इक्वेडरमा विनाश मच्चाइरहेका छन्।
पछिल्ला वर्षहरूमा इक्वेडर गुयाक्विल जस्ता बन्दरगामार्फत अमेरिका र युरोपमा कोकिन पठाउने अन्तर्राष्ट्रिय कार्टेलका कारण हिंसामा डुबेको छ। विशेषज्ञका अनुसार गिरोहहरू निरन्तर परिवर्तन भइरहेका छन् र अपराधबाट हुने मुनाफाले बलियो हुँदै गएका छन्।
गुयाक्विल गुयास प्रान्तको राजधानी हो। यो सात प्रान्तमध्ये एक हो र यहाँ सरकारले अपराधीसँग लड्दै गर्दा पछिल्लो दुई महिनादेखि आपत्कालीन अवस्था लागू गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
