नेपालले नामिबियाको महिला टोलीसँग पहिलो पटक खेल्न लागेको हो।
काठमाडौँ– युगान्डामा आयोजना हुने चार देशीय महिला टी२० शृंखलाअन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आफ्नो पहिलो खेल नामिबियासँग खेल्ने भएको छ।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा शनिबार हुने खेल नेपाली समयअनुसार अपराह्न ४ः४५ बजे हुनेछ। नेपालले नामिबियाको महिला टोलीसँग पहिलो पटक खेल्न लागेको हो। उक्त शृंखलामा नेपालसहित घरेलु टोली युगान्डा, नामिबिया र हङकङको सहभागिता छ।
शृंखलामा सबै टोलीले एकअर्कासँग सामान दुई/दुई खेल खेल्नेछन्। त्यसमा नेपालले यही फागुन २५ गते युगान्डासँग खेल्नेछ भने फागुन २६ गते हङकङसँग खेल्ने छ।
त्यसैगरी, फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन्।
नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुबिना क्षेत्री, पूजा महतो, अलिशाकुमारी यादव, साना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छन्।
नेपाली टोलीका प्रशिक्षक मनोज कटुवालले आफ्ना टोलीको कमजोरी सुधार गरी शृंखला जितेर फर्कने युगान्डा जानुअघि बताएका छन्। त्यस्तै, नेपाली टिमकी कप्तान बर्माले आफ्नो टोलीको तयारी राम्रो भएकाले उक्त शृंखलामा राम्रो खेल खेलेर फर्कने बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
