सांसदले नुनमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी आयोडिनको मात्रा देखिएकाले तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौँ– सांसदले नुनमा आयोडिनको मात्रा बढी देखिएको भन्दै नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद निशा डाँगीले नेपालको नुनमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तोकेको मापदण्डभन्दा बढी आयोडिन देखिएकाले तत्काल नियन्त्रण गरिनुपर्ने धारणा राखेकी हुन्।
बैठकको शून्य समयमा बोल्दै उनले नेपाल साल्ट्र ट्रेडिङ कर्पोरेसनबाट वितरित नुनमा डब्लूएचओले तोकेको मापदण्डभन्दा बढी आयोडिन प्रयोग गरेको पाइएकाप्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले यसबारे तत्काल अध्ययन गरिनुपर्ने समेत बताइन्।
सांसद नैनकला थापाले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सबै महिलालाई शुभकामना व्यक्त गर्दै दक्षिण एशियामा महिला आन्दोलनका कारण धेरै अधिकार पाएको स्मरण गर्दै अझै महिलाका अधिकार कार्यान्वयनमा बढी ध्यान दिनुपर्नेमा जोड दिइन्।
सांसद प्रतिमा गौतमले ‘हेनोफोलिया’ एक प्रकारको आनुवंशिक रोग भएको र यो रोग लागेपछि शरीरबाट रगत नरोकिएर गम्भीर समस्या भइरहेको भन्दै त्यससम्बन्धी कानूनी व्यवस्था कार्यान्वयनमा ध्यान दिन आग्रह गरिन्।
सांसद प्रतीक्षा तिवारीले समान कामको समान ज्याला माग गरेर महिला आन्दोलित भएको आज एक सय १५ वर्ष पुगिसक्दा पनि महिलाले समान ज्याला पाउन नसकेकाप्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले गृह श्रमिक महिलालाई मूलधारमा ल्याउन र आर्थिक रूपमा सबल बनाउन लाग्नुपर्ने बताइन्।
सांसद प्रभु हजाराले ठूला, सम्झौता र साना उद्योगहरू उधारो कारोबारले पीडित भएका र कतिपय उद्योग बन्द भएकाले उच्चस्तरीय आयोगले कानुन बनाउन दिएको सुझावलाई कार्यान्वयनको माग गरे। सांसद प्रेमबहादुर महर्जनले ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको कुपण्डोलमा डम्बरबहादुर खड्काको घरमा आगलागीबाट ८० लाख रुपैयाँ क्षति भएको र आगलागी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे।
सांसद विमला सुवेदीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै संसद्को नियमावलीको २५७ ले व्यवस्था गरेको महिला समितिको गठन गर्न माग गरिन्।
सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलामा गत वर्षको बाढीले क्षतिग्रस्त भएको संरचना हालसम्म पुनर्निर्माण हुन नसकेकाले तत्काल पुनर्निर्माण गरी गाउँलाई सुरक्षित बनाउन माग गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
