प्रहरीका अनुसार रिंकु सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा हालसम्म आठ जना पक्राउ परेका छन् भने चार जना फरार छन्।
सिरहा– नवराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार हालसम्म आठ जना पक्राउ परेका छन् भने चार जना फरार छन्। पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडा सदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास छन्।
त्यसमध्ये रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन् भने अन्यको जाहेरीमा नाम उल्लेख नभए पनि पञ्चायतीमा भूमिका देखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
अभियुक्तमध्येका चन्देश्वर, रामविनोद र कमलेशलाई प्रहरीले फागुन ११ मै पक्राउ गरेको थियो। त्यसैगरी बलात्कारका मुख्य अभियुक्त रुपेश गत २१ गते पक्राउ परेका थिए। अन्य चार जनालाई लुकिछिपी बसेको अवस्थामा विभिन्न स्थानबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रनाउ पासवानका अनुसार पक्राउ परेकाहरूलाई जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको छ। फरार अभियुक्तको खोजी भइरहेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
