कोशी, बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।

काठमाडौँ– देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ। कोशीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यसैगरी, राति कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ।