रुसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको युक्रेनको आपत्कालीन सेवाले जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा बमबारी गरेको भन्दै रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने चेतावनी दिएका छन्।
रुसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको र ३७ जना घाइते भएको युक्रेनको आपत्कालीन सेवाले जनाएको छ। अमेरिका र युक्रेनी वार्ताकारबीच साउदी अरेबियामा युद्धविरामका लागि वार्ता हुने तय भएपछि रुसले पूर्वी युक्रेनमा शुक्रबार रातभर र शनिबार बिहानसम्म आक्रमण गरेको हो।
युक्रेनको डोनेट्स्क क्षेत्रको डोब्रोपिलियाको केन्द्रमा शुक्रबार राति भएको रुसी आक्रमणमा ११ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको आपत्कालीन सेवाले जनाएको छ।
खार्किभ क्षेत्रका सैन्य प्रमुख ओलेग सिनेगुबोभले शनिबार बिहान बोगोदुखिभ शहरमा भएको ड्रोन हमलामा एक जनाको मृत्यु भएको र अन्य सात जना घाइते भएको बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथिको आक्रमण नरोके रुसमाथि नयाँ प्रतिबन्ध लगाउने चेतावनी दिएका बेला शनिबार रातभर हवाई आक्रमण भएको हो।
अमेरिकी राष्ट्रपतिले शुक्रबार पत्रकारसँग भनेका थिए, “रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि विश्वास छ। वास्तवमा, युक्रेनसँग सम्झौता गर्न गाह्रो भइरहेको छ र उनीहरूसँग कुनै विकल्प पनि छैन। बरु रुससँग सम्झौता गर्न सजिलो हुन सक्ला।”
साथै, शुक्रबार नै पत्रकारहरूलाई प्रतिक्रिया दिएको केही समयपछि ट्रम्पले युक्रेनमा बमबारी गरेको भन्दै रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने धम्की दिएका थिए। “रुसले अहिले युद्धभूमिमा युक्रेनलाई पूर्ण रूपमा आक्रमण गरिरहेको छ। युद्धविराम तथा शान्ति सम्झौता नहुँदासम्मका लागि रुसमाथि ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध, नाकाबन्दी लगाउनेबारे दृढतापूर्वक विचार गरिरहेको छु,” ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन्, “अब रुस र युक्रेन वार्ताको टेबलमा आउनुपर्छ।”
रुसले शुक्रबार युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो ड्रोन र मिसाइल आक्रमणलाई तीव्र पारेको बेला ट्रम्पको यस्तो चेतावनी सार्वजनिक भएको हो। केही दिनअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको नोकझोकपछि ट्रम्प प्रशासनले युक्रेनसँग अमेरिकी सैन्य सहायता र गुप्तचर आदानप्रदान रोकेको छ।
नेसनल इकोनोमिक काउन्सिलका निर्देशक केभिन ह्यासेटले ट्रम्पको धम्की कूटनीतिक रणनीतिको हिस्सा भएको बताए। “सबै पक्षलाई वार्ताको टेबुलमा ल्याउनुपर्छ भन्नेमा राष्ट्रपति ट्रम्प अडिग हुनुहुन्छ। उहाँले सबैसँग कुरा गर्दै पनि हुनुहुन्छ,” ह्यासेटले पत्रकारसँग भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
