तिब्बतमा ५‍.९ म्याग्निच्युडको भूकम्प, काठमाडौँसम्म धक्का

तिब्बतमा शनिबार दिउँसो ५‍.९ म्याग्निच्युडको भूकम्प गएको छ। त्यसको धक्का काठमाडौँसहितका जिल्लामा पनि महसुस गरिएको छ।

काठमाडौँ– चीनको तिब्बत केन्द्र भएर शनिबार दिउँसो भूकम्प गएको छ।

तिब्बतको सिगात्से केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाडौँसहित नेपालका विभिन्न जिल्लामा महसुस गरिएको थियो। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपालको सीमा क्षेत्रमा शनिबार दिउँसो २:३५ बजे ५‍.९ म्याग्निच्युडको भूकम्प गएको हो। 

यसअघि पुस २३ गते तिब्बतकै दिङ्ग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

शनिबार बिहान म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदी केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। 

यसअघि गत फागुन १३ गते पश्चिम म्याग्दीको डाँडागाउँ आसपास केन्द्रबिन्दु भएर ३.४ म्याग्निच्युडको, देवीस्थान आसपास केन्द्रबिन्दु भएर ३.४ म्याग्निच्युडको र मुना केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो।