चार देशीय महिला टी२० आई शृंखलाअन्तर्गत शनिबार भएको खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको छ।
काठमाडौँ– युगान्डामा जारी चार देशीय महिला टी–२० आई शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नामिबिया पराजित भएको छ। युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा शनिबार भएको खेलमा नामिबियाले नेपाललाई ६ विकेट हराएको हो।
नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याइरहने क्रममा वर्षाले केही समय अवरोध भएपछि खेललाई ‘डिएलएस’ विधिबाट १५ ओभरमा झारिएको थियो। खेललाई १५ ओभरमा झारिएपछि लक्ष्य ७१ रनको बनेको थियो। नामिबियाले १४.५ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको हो।
नामिबियाका लागि मेकेलान्ये म्वाटिलेले सर्वाधिक २६ रन बनाइन्। उनले ३५ बलमा तीन चौकाको मद्दतले २६ रन बनाएकी हुन्। यस्तै, जुरिएन डियर्गाड्र्टले ‘नकआउट’ १३ रन बनाइन्। उनले ७ बलमा १ चौकासमेत प्रहार गरिन्। नामिबियाका लागि एडेल भान जिलले ८, सुन विटम्यानले ७, यास्मिन खानले ६ र विल्का म्वाटिलेले नकआउट ५ रनको योगदान दिइन्। नामिबियाले अतिरिक्त ६ रन प्राप्त गर्यो।
नेपालका लागि कप्तान इन्दु बर्मा, कविता जोशी, पूजा महतो र ईश्वरी विष्टले समान १/१ विकेट हात पारे। त्यसअघि ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ९२ रन बनाएको थियो।
नेपालका लागि सम्झना खड्काले ११ बलमा चार चौकाको मद्दतले सर्वाधिक १८ रन बनाएकी हुन्। ईश्वरी विष्ट ‘नकआउट’ हुँदै १७ रन, कविता जोशीले १६, पूजा महतोले १३ रनबाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। यो खेलमा नेपालले अतिरिक्त १५ रन प्राप्त गरेको थियो।
नामिबियाका लागि मेकेलाये म्वाति र विल्का म्वातिले समान ३/३ विकेट हात पारेका थिए। यस्तै, केलिन ग्रिनले दुई र जुरिन डिएरगार्डले एक विकेट लिएकी थिइन्।
नेपालले आफ्नो दोस्रो खेल आइतबार युगान्डासँग खेल्नेछ। त्यस्तै, फागुन २६ गते हङकङसँग, फागुन २८ गते नामिबियासँग, फागुन २९ गते युगान्डासँग र आगामी चैत १ गते हङकङसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
