रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ र २ मा अहिले पनि दैनिक उपभोग्य वस्तु घोडा र खच्चडबाट ढुवानी हुने गरेको छ।
रुकुम– रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ र २ मा अहिले पनि दैनिक उपभोग्य वस्तु घोडा र खच्चडबाट ढुवानी हुने गरेको छ। यी दुई वडामा सडक सम्पर्क स्थापित नहुँदा ढुवानीका लागि परम्परागत साधनमै भर पर्नुपरेको छ।
पुथाउत्तरगंगा गाउँपालिका–१२ देउखोलासम्म मात्रै सवारीसाधन सञ्चालन हुने गरेका छन्। देउखोलाभन्दा माथिको भू–भागमा भने घोडा र खच्चडले सामान ओसार पसार गर्ने गरेको सिस्ने–२ का टेकबहादुर खड्काले बताए।
“देउखोलासम्म सडक खुलेको लामो समय भइसक्यो। १० किलोमिटर सडक कालेपत्र भइसकेको छ तर देउखोलाभन्दा माथि कडा चट्टानका कारण सडक विस्तार भएको छैन, जसले गर्दा अझै पनि दैनिक उपभोग्य वस्तुको ढुवानीमा खच्चड र घोडाकै भर पर्ने अवस्था छ”, उनले भने।
नायगाडमा सानीभेरी नदीबाट डोजर तारेर सडक निर्माण भने भएको छ। देउखोलादेखि नायगाडसम्म जोड्ने सडक नबन्दा दुई वडा सडक सञ्जालमा जोडिन नसकेका हुन्। यातायातका साधन नपुगेका कारण यी वडाको विकास पनि प्रभावित भइरहेको छ।
“सिमेन्ट, बालुवा ढुवानी गर्दा पनि घोडा खच्चडबाटै गर्नुपर्छ, लागत महँगो छ। जिल्लाको दररेट फरक छ, जसले विकासमा समस्या छ,” तिलकराज रसाइलीले भने।
एकातिर यी वडामा सडक बनेको छैन, अर्कोतिर भएका पुराना गोरेटो बाटो पनि व्यवस्थित छैनन्। गत बर्खामा पहिराले बालुकाप्चे भिरको बाटो बगाएपछि झनै समस्या भएको छ। हाललाई देउखोलाबाट सानीभेरी नदीमा बाटो झारेर बगर हुँदै आवतजावत भए पनि बर्खामा भने त्यो बन्द हुनेछ।
सिस्ने–२ का वडा अध्यक्ष कृष्ण खड्काले अर्को भालुकाप्चे भिरमा पनि बाटो बनाउन सकिने अवस्था नरहेको बताए। बर्खामा दुवै ठाउँको बाटो बन्द हुँदा घोडा खच्चडबाट ढुवानी हुने सामान पनि ठप्प हुने उहाँको भनाइ छ । यी वडा सडक सञ्जालसँग जोडिन अझै केही वर्ष लाग्ने वडा अध्यक्ष खड्काले बताए।
भालुकाप्चे भिरमा गत बर्खामा पहिरो गएको थियो। सिस्ने–१ र २ का नागरिकले बर्खामा यहाँबाट जिल्ला सदरमुकाम डोरीको सहारामा आवतजावत गर्नुपर्ने बाध्यता छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
