जंगली हात्तीको आक्रमणबाट चितवनमा १ जनाको मृत्यु

चितवनमा साउनयता वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु भइसकेको छ।

फाइल तस्वीर

चितवन– पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका–७ का ३५ वर्षीय सुरेश महतो छन्।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार रत्ननगर –७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार हात्तीको आक्रमण गरेको थियो। आक्रमणबाट महतोको घटनास्थलमा नै मृत्यु भएको मगरले बताए। 

चितवनमा साउनयता वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ।