गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने, नाकाबन्दी अन्त्य, सो क्षेत्रको पुनर्निर्माण र आर्थिक सहयोगलगायत माग आफूहरूले राखेको हमासले जनाएको छ।
इजरायलले थप वार्ताका लागि दोहामा एक प्रतिनिधिमण्डल पठाउने घोषणा गरेसँगै हमासले गाजा युद्धविरामको दोस्रो चरण तत्काल अघि बढाउन माग गरेको छ। हमासले वार्तामा सीधै अघि बढ्ने आफ्नो अडानलाई आइतबार दोहोर्याएको हो।
प्यालेस्टिनी लडाकु समूहका प्रतिनिधिले सप्ताहन्तमा कायरोमा मध्यस्थकर्तासँग भेट गरी ‘बिना प्रतिबन्ध वा सर्त’ घेराबन्दी गरिएको क्षेत्रमा पुनः प्रवेश गर्न मानवीय सहायताको आवश्यकतामा जोड दिएको हमासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
उच्चस्तरीय प्रतिनिधिमण्डलले सम्झौताको दोस्रो चरणका लागि वार्ता शुरू गर्न प्रत्यक्ष रूपमा अघि बढ्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ। दोस्रो चरणको वार्ताको उद्देश्य स्थायी युद्धविरामको लागि आधार तयार गर्नु रहेको जनाइएको छ।
दोस्रो चरणका लागि गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने, नाकाबन्दी अन्त्य गर्नुपर्ने, सो क्षेत्रको पुनर्निर्माण गर्नुपर्ने र आर्थिक सहयोग गर्नुपर्नेलगायत माग आफूहरूले राखेको हमासका एक अधिकारीले एएफपीलाई बताएका छन्।
हमासका प्रवक्ता अब्देल लतिफ अल–कानौआले सूचकहरू सकारात्मक रहेको बताएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले सोमबार दोहामा प्रतिनिधि पठाउने जनाएको छ। इजरायलले युद्धविरामको पहिलो चरण अप्रिलको मध्यसम्म लम्ब्याउन चाहेको बताउँदै आएको छ।
इजरायलमा रहेका करिब एक हजार ८०० प्यालेस्टिनी कैदीको रिहाका लागि २५ जना जीवित बन्धक र आठ वटा शवहरूको आदानप्रदानसहित ६ हप्ताको सापेक्षिक शान्तिपछि मार्च १ मा त्यो प्रारम्भिक अवधि समाप्त भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
