मौसमविद् विनु महर्जनका अनुसार देशका केही भागमा हिमपात र हल्का वर्षा भए पनि प्रदूषण हट्ने गरी वर्षा हुन सकेको छैन।
काठमाडौँ– पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ।
मौसम पूर्वानुमान माहाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको मौसमविद् विनु महर्जनले बताइन्।
“मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन,” उनले भने, “अझै तीन दिन यस्तै हुने देखिन्छ।”
‘एयर क्वालिटी इन्डेक्स’ का अनुसार आइतबार काठमाडौँ विश्वको पाँचौँ प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ। आइतबार यहाँको वायु प्रदूषण १६३ एक्यूआई पुगेको छ।
विश्वको सबैभन्दा बढी प्रदूषित शहरको रूपमा भियतनामको राजधानी हनोई सूचीकृत भएको छ। दोस्रोमा चीनको बेइजिङ परेको छ। तेस्रो प्रदूषित शहर बांग्लादेशको ढाका तथा चौथो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
