नेप्से परिसूचकमा उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से परिसूचक ४६.३३ अंक अर्थात् १.६४ प्रतिशतले घटेर २७७२.१० को विन्दुमा कायम भएको छ।

काठमाडौँ– कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ। नेप्से परिसूचकमा पाँच कारोबार दिनयता निरन्तर गिरावट देखिएको हो।

आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। नेप्सेका अनुसार यस दिन परिसूचक ४६.३३ अंक अर्थात् १.६४ प्रतिशतले घटेर २७७२.१० को विन्दुमा कायम भएको हो।

विभिन्न ३१५ कम्पनीको दुई करोड २७ लाख २६ हजार २८३ कित्ता शेयर एक लाख १२ हजार ३४७ पटक खरिदबिक्री हुँदा १० अर्ब नौ करोड ३६ लाख ५४ हजार १२९ रुपैयाँ बराबरको कारोबार भएको छ। बिहीबार १० अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

यस दिन सबै समूहको उपसूचक घटेको छ। बैंकिङ १.३६, विकास बैंक १.७१, वित्त १.८७ होटल तथा पर्यटन ०.८३, जलविद्युत् १.६६, लगानी २.४९, जीवन बीमा १.७४, निर्माण र प्रशोधन ०.९१, लघुवित्त  १.५८ म्युचुअल फन्ड, निर्जीवन बीमा १.२६, अन्य २.६९ र व्यापार समूहको उपसूचक ०.८१ प्रतिशतले घटेको छ।

यस दिनको कारोबारमा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र ९ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिभेन्चर शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने उपकार लघुवित्त र सिन्धु विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र शेयर संख्याका आधारमा यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको एक अर्ब १२ करोड ४८ लाख ४९ हजार ९६४ रुपैयाँ बराबरको १० लाख ६२ हजार २४६ कित्ता किनबेच भएको छ।