चीनले सामाजिक सहायता, वृद्ध हेरचाह तथा अशक्तको सेवाका क्षेत्रमा एआईजस्ता नयाँ प्रविधि र उत्पादनको विकासलाई तीव्रता दिने जनाएको छ।
चीनले वृद्धवृद्धा र सामाजिक हेरचाहमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र बिग डाटाको प्रयोगलाई तीव्रता दिने बताएको छ। देश न्यून जन्मदर र घट्दो श्रम शक्तिसँग जुधिरहेका बेला सरकारी अधिकारीहरूले यस्तो घोषणा गरेका हुन्।
“हामी सामाजिक सहायता, वृद्ध हेरचाह सेवा र अशक्त सेवाको क्षेत्रमा बिग डाटा र एआईजस्ता नयाँ प्रविधि र उत्पादनको विकास र अनुप्रयोगलाई तीव्रता दिनेछौँ,” नागरिक मामिलामन्त्री लु झियुआनले चीनको वार्षिक राजनीतिक भेलाको ‘दोस्रो सत्र’का क्रममा गरिएको एक पत्रकार सम्मेलनमा भने।
“यस कदमले सेवालाई ‘अधिक सुविधाजनक, अधिक सुलभ र अधिक मानकीकृत’ बनाउनेछ,” लुले भने।
सन् २०२४ मा चीनको जनसंख्या लगातार तेस्रो वर्ष घटेको छ। चीनमा ६० वर्ष या सोभन्दा बढी उमेरका ३१ करोडभन्दा बढी मानिस रहेका छन्।
श्रम शक्ति खुम्चिँदै जाँदा सरकारले आर्थिक वृद्धिका लागि प्रविधिको प्रयोगलाई बढाइरहेको छ।
गत जनवरीमा डिपसिकले आफ्नो च्याटबोटको पछिल्लो संस्करण सार्वजनिक गरेपछि स्थानीय सरकारहरू आफ्नो सेवामा डिपसिकको एआई मोडेल लागू गर्न तातिएका छन्।
चिनियाँ कम्पनीलाई उन्नत एआई चिप्सको बिक्रीमा अमेरिकाले लगाएको प्रतिबन्धको बावजुद मूल्य कटौती ढाँचाको डिपसिकले पश्चिमी एआई प्रतिस्पर्धीलाई पछि पारेको छ।
राष्ट्रपति सी चिनफिङले गत महिना निजी कम्पनीका लागि एक दुर्लभ संगोष्ठी आयोजना गर्दा यस क्षेत्रका लागि आधिकारिक समर्थनको संकेत गरेका थिए। धेरै एआई र अन्य प्रविधि मालिक सामेल रहेका रहेको उक्त गोष्ठीमा उनले उनीहरूलाई ‘आफ्नो प्रतिभा देखाउन’ भनेका थिए।
संगोष्ठीमा डिपसिकका संस्थापक लियाङ वेनफेङका साथै टेन्सेन्ट, हुवावे र साओमीजस्ता शीर्ष प्रविधि कम्पनी तथा फर्मका प्रतिनिधि उपस्थित थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
