चार देशीय महिला टी२० क्रिकेट शृंखलामा नेपालले घरेलु टोली युगान्डालाई १ विकेटले पराजित गरेको छ।
काठमाडौँ– चार देशीय महिला टी२० क्रिकेट शृंखलामा नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युगान्डालाई पराजित गरेको छ। नेपालले युगान्डामाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो।
आइतबारको खेलमा युगान्डाले दिएको ७७ रनको लक्ष्य नेपालले १९.५ ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्यो। नेपालको जितमा साना प्रविनले सर्वाधिक १७ रन बनाइन्। त्यस्तै, पूजा महतो १६, रुबिना क्षेत्रीले १० रन बनाइन्।
बलिङतर्फ युगान्डाकी जानेत बाबजीले ३ विकेट लिइन् भने सारा वालाजाको नाममा २ विकेट रह्यो।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७६ रनको योगफल बनायो।
युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन्। स्टेफेनिया नाम्पिलिनाले १४ रन जोडिन् भने मलिषा अरिकोटाले ११ रन जोडिन्।
नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् भने कप्तान इन्दु बर्माले २ विकेट लिइन्।
जारी शृंखलामा दुई खेल खेलेको नेपालको यो पहिलो जित हो। यसअघि शनिबार नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो।
नेपालले अब तेस्रो खेल सोमबार हङकङसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
